विप्लव त्यागेका पदमले प्रचण्डसामु भने- ‘हिंसा छोडौँ शान्ति रोजौँ’

गत साता राजधानीलगायतका स्थानमा गराइएको विष्फोटको घटनापछि यतिबेला विप्लव नेतृत्वको नेकपा सम्भवतः ‘स्तव्ध’ हालतमा छ । सो पार्टीद्वारा आह्वान गरिएको ‘नेपाल बन्द’लाई हाइलाइट गराउने उद्देश्यले ‘बन्द’अघि राजधानीका विभिन्न स्थानमा गराउन खोजिएको विष्फोट दुर्भाग्यवश विप्लवकै पार्टीको लागि ‘ब्याक फायर’ बन्न पुग्यो । विप्लवका ‘जल्दाबल्दा’ केही कार्यकर्ता ‘बन्द’को बलि चढ्न पुगे । गत फागुनको अन्तिम सातादेखि सरकारद्वारा…