– भीष्मराज ओझा ६३ वर्ष नेपाली कांग्रेसको राजनीति गरेका नेता ओमकार श्रेष्ठले पार्टीका पुराना, अग्रज नेता एवं पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रममा प्रश्न गर्नुभयो, 'गुट नभएका हामीजस्ताको अस्तित्व खै ?' पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विजयकुमार गच्छदार, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायत…