छिमेकी मित्रराष्ट्र भारतको बाह्य मामलामन्त्री सुष्मा स्वराजको आकस्मिक प्रकृतिको नेपाल भ्रमणका कारण नेपाली राजनीतिक वृत्तमा पैदा भएको तरङ्ग मत्थर भइसकेको छैन । कहीँ–कतै कुनै कारणले पैदा हुने हलचल क्रमशः मत्थर हुँदै एउटा निश्चित समय–बिन्दुमा थामिनु सामान्य प्राकृतिक प्रक्रिया मानिन्छ । स्वराजको पुगनपुग चौबीस घन्टा अवधिको नेपालयात्राबारेका चर्चा पनि स्वभावतः यतिबेलासम्म सेलाइसक्नुपर्ने थियो । केन्द्रीय सरकार…