९५ प्रतिशत सांसद पहिलो पटक संसदीय अनुभव बटुल्दै

 त्रिपन्न प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ मा ९५ प्रतिशत सांसदले पहिलो पटक संसदीय अनुभव बटुल्दै हुनुहुन्छ । चारवटा दलका सांसद रहेको यस प्रदेशको संसद्मा सबैभन्दा बढी नेकपा (एमाले)का २५ जना सांसद रहेका छन् । एमालेका सबै सांसद संसद्मा नयाँ अनुहार हुन् । नेकपा (माओवादी केन्द्र)का १४ जनामध्ये कैलालीबाट प्रदेशसभामा निर्वाचित वीरभान चौधरी यसअघि २०६४…