नेपाल–भारत प्रबुद्ध समूहको संयुक्त बैठक असारमा

विगतमा छिमेकी भारत र नेपालबीच भएका विभिन्न सन्धि–सम्झौताको पुनरावलोकनका लागि सुझाव दिन गठन गरिएको प्रबुद्ध व्यक्ति समूहको संयुक्त बैठक आगामी असार १६ र १७ गते काठमाडौंमा बस्ने भएको छ । सन् १९५० को नेपाल–भारतमैत्री सन्धिसहित कैयन सन्धि–सम्झौता असमान रहेको भन्दै नेपालका तर्फबाट पुनरावलोकन र खारेजीको माग कतिपय दल या नेताविशेषले गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको…