धुम्रपान नियन्त्रण गरेको थापा सम्मानित

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विक्रमसिंह थापा राजधानीमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएका छन् । धुम्रपान नियन्त्रणमा प्रशंसनीय कार्य गरेको भन्दै एसएसपी थापालाई स्वास्थ्यमन्त्री रामजनम चौधरीले सम्मानपत्र प्रदान गरेका हुन् । विश्व धुम्रपानरहित दिवसको अवसरमा आयोजित कार्यक्रममा नेपाल अर्बुद रोग निवारण संस्थाले एसएसपी थापालाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै…