सिन्धुपाल्चोकमा प्रहरीद्वारा हवाई फायर

सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका क्रममा संयुक्त वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको  छ। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।