उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकाअन्तर्गत २८ वटा मतदान केन्द्रमा आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा खसालिएको मतसहितको मतपेटिका हेलिकप्टरमार्फत आज गोरखाको सदरमुकाम ल्याइएको छ । नेपाली सेनाको एमआई १७ हेलिकप्टरबाट मतपेटिका र निर्वाचन अधिकृतसहित कर्मचारी सदरमुकाम ल्याइएको हो । मतपेटिका लिन लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोरखा सभापति हरिबहादुर घले, वाम गठबन्धनबाट नेकपा (माओवादी…