कैलालीका दुई विद्यालय भवनका लागि साढे सात करोड

कैलाली जिल्लामा निर्माण हुन लागेको दुई विद्यालय भवनका लागि मित्रराष्ट्र भारतले करोडौँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । टीकापुर (कैलाली)को सरस्वती माध्यमिक विद्यालय र धनगढीस्थित क्षेत्रीय प्रहरी माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले सात करोड ५४ लाख आर्थिक अनुदान उपलब्ध गराउन लागेको हो । यससम्बन्धी सम्झौतामा भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंह, कैलालीका…