न्यायाधीश नियुक्ति चक्रव्यूहमा : एमाले कार्की र उपाध्यायलाई उपयोग गर्ने रणनीतिमा

उच्च अदालतमा रिक्त असी न्यायाधीश नियुक्तिमा आ–आफ्नो मानिस पार्न दलका नेता र सर्वोच्च अदालतका न्यायाधीशबीच प्रतिस्पर्धा चलेको छ । योग्यलाई भन्दा आफ्नाहरूलाई प्राथमिकता दिन खोजिएपछि नियुक्तिमा सहमति बन्न सकेको छैन र न्यायपरिषद्को बैठक बिनानिर्णय टुङ्गिने गरेकोे छ । कुल असीमा पचास न्यायसेवाबाट र तीस वकिलहरूबाट गर्नुपर्छ भन्नेमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश बैजनाथ उपाध्याय थिए, तर…