कर्तव्यनिष्ठ प्रहरी अधिकारीहरू सम्मानित

कर्तव्यपरायणताका निम्ति कहलिएका नेपाल प्रहरीका दुई अधिकृत पुनः सम्मानित भएका छन् । ११ औं महानगरीय प्रहरी दिवस (१ मंसिर) को अवसरमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विक्रमसिंह थापा र अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाललाई उत्कृष्ट प्रहरीका रूपमा सम्मानित तुल्याइएको हो । महानगरीय प्रहरी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एसएसपीद्वय…