नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चरम अवसरवादका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर गठबन्धन बनाएको आरोप लगाएका छन् । नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले गोरखाको पालुङटारमा शनिबार सम्पन्न गरेको चुनावी सभालाई सम्बोधन गर्दैनेता पौडेलले एमाले नेतृत्वले राष्ट्रवादको नारा लगाए पनि काम भने राष्ट्र विखण्डन हुने खालको गर्दै आएको बताए । एमालेले…