एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले संवैधानिक संरचनालाई भागबण्डाको राजनीतिबाट मुक्तिका लागि प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन र राजसंस्थालाई राष्ट्राध्यक्षका रूपमा राख्ने शासकीय संरचनाको नीतिद्वारा निर्देशित गरिनु पर्ने बताउनुभएको छ । जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले धर्म निरपेक्षताको नाममा खुलेआम सांस्कृतिक स्रोत केन्द्रलाई भताभुंग पार्ने क्रियाकलाप भइ रहेकाले नेपाललाई वैदिक सनातन हिन्दू…