प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारमाथि भएका आक्रमणका घटना सुरक्षा अंगको गम्भीर त्रुटिभित्र पर्ने भएकाले अबउप्रान्त यस्ता खाले घटना दोहोरिन नदिन सुरक्षा अंग थप चनाखो हुन निर्देशन दिनुभएको छ । आज आयोजित प्रदेश क्षेत्र नं ५ र ६ स्तरीय सुरक्षा गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “राजनीतिक दलबीच स्वस्थ प्रतिस्पर्धा, जनताको निर्भीकताका साथ मत खसाल्ने अधिकारलगायत…