उपयुक्त समयमा संविधान संशोधन हुन्छ, ‘प्याण्डोरा’को बाकस खोलेजस्तो गर्दैनौँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समितिका साथ काम गरिने बताउनुभएको छ । मंगलबार (२६ चैत) मधेस प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गर्नुभयो ।…