रास्वपा सभापतिको जिम्मेवारी पुनः लामिछानेलाई

सहकारीको रकम अपचलनसम्बन्धी मामलामा जोडिएका कारण पार्टीको मूल नेतृत्वबाटै किनाराकृत बन्न पुगेका रवि लामिछाने पुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिको जिम्मेवारीमा फर्किएका छन् । सो पार्टीको आज (१८ चैत) बसेको केन्द्रीय समितिको बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । केन्द्रिय समितिको पहिलो बैठकमा कार्यवाहक सभापति अर्यालले धन्यवाद ज्ञापन गरे । त्यसपछि लामिछानेको सभापतित्वमा…