किसुनजीको बाटो अनुशरण गर्न आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सन्तनेता कृष्णप्रसाद भट्टराईले देखाएको बाटो अनुशरण गर्नुपर्ने बताउनुभएको छ । सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्म जयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘किसुनजीको जीवन र व्यक्तित्व’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले स्वर्गीय नेताहरूले देखाएको बाटो अनुसरण गर्ने सङ्कल्प गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, 'किसुनजी लगायतले जुन बाटो देखाउनुभएको छ, त्यो…