पलायन हुनबाट खेलाडी जोगाउन सुकमानको सक्रियता

कमजोर आर्थिक स्थितिका कुङ्फु राष्ट्रिय खेलाडी रुपेश खतिवडालाई घर हस्तान्तरण गरिएको छ । कुङ्फुका पूर्वखेलाडी तथा प्रशिक्षक सुकमान लामाको सक्रियतामा रुपेशलाई दुईकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको हो । जर्मनीका नागरिक कोरिन्ना भास, डेनियल हान्के र मिची मुन्वर्गको सहयोगमा सुकमानले रुपेशका लागि घर निर्माण गरिदिएका हुन् । भास र डेनियल आरोहणका लागि समय समयमा नेपाल…