थ्री बाई थ्री बास्केटबलको उपाधि नामीलाई

नामीले पाँचौं मल्पी कप ए लेभल अन्तरकलेज थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । नामी ब्वाइज, गर्ल्स दुवैमा च्याम्पियन बन्यो । ब्वाइज फाइनलमा नामीले आयोजक मल्पीलाई १२–५ ले पराजित गऱ्यो । नामीका आङ फुर्वा शेर्पाले ५, विकी ऐडी क्षेत्रीले ४ र मिङमार लामाले ३ अंक जोडे । ब्वाइजमा नामी नयाँ च्याम्पियन हो…