काठमाडौं तेक्वान्दो कार्यसमितिद्वारा खेलाडीलाई सहयोग

काठमाडौं जिल्ला तेक्वान्दो कार्यसमितिले आफ्नो मातहतमा रहेका डोजाङ र विद्यालयमा प्रशिक्षण गर्ने तेक्वान्दो खेलाडीलाई सहयोग गरेको छ । कोरोना भाइरसको महामारीका कारण समस्यामा परेका काठमाडौंभित्रका तेक्वान्दो खेलाडीलाई कार्यसमितिले खाद्यान्न प्रदान गरेको हो । कार्यसमितिका सचिव कुमार लामा घिसिङले लकडाउनका कारण समस्या परेका ७० परिवारलाई खाद्यान्न प्रदान गरेको बताए । पहिलो चरणमा उनीहरूलाई चामल, दाल, तेल…