साफ महिला फुटबल च्याम्पियनसिप : भूटानलाई हराउँदै नेपाल फाइनल नजिक

यू–१९ महिला साफ फुटबल च्याम्पियनसिपमा नेपाल भूटानलाई पराजित गर्दै फाइनल नजिक पुगेको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा शुक्रबार भएको खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल फाइनल नजिक पुगेको हो । नेपालसँग पराजित भएसँगै भुटान लिग चरणबाटै बाहिरिएको छ । नेपालको जितमा मेनुका आले मगरले २ गोल गरिन् भने कुसुम…