उपराष्ट्रपति चिल्ड्रेन गेम्स हुने

काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा काठमाडौं जिल्लास्तरीय उपराष्ट्रपति चिल्ड्रेन गेम्स जेठ ५ गते हुने भएको छ । प्रतियोगितामा कराते, तेक्वान्दो, उसु र एथलेटिक्समा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष ध्रुवराज न्यौपानेले जनाएका छन् । कराते र तेक्वान्दोमा समान ८–८, उसुमा ६ तथा एथलेटिक्समा १० स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एकदिने प्रतियोगिताका खेलहरू राष्ट्रिय खेलकुद परिषद्को…