दाङको तुलसीपुर उपमहानगरपालिमा बहुउद्देश्यीय कभर्डल बन्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले कभर्डहल निर्माण कार्यको आइतबार सिलान्यास गरेका छन् । तुलसीपुर–६ मा रहेको ६ कट्ठा जग्गा हाताभित्र कभर्डहल निर्माण हुन लागेको हो । ६ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कभर्डहलमा आठौं राष्ट्रिय खेलकुदअन्तर्गत कराते प्रतियोगिता आयोजना गरिने राखेपका प्रेस सल्लाहकार…