नारायणगढ मुग्लिन सडकखण्डमा पुनः खस्यो पहिरो

नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । बुधबार बिहान झरेको पहिरो साँझ पन्छाएलगत्तै पुनः सोही ठाउँमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार बिहानको पहिरो पन्छाएर सकिएको केही बेरमै साँझ सोही स्थानमा पहिरो गएपछि बाटोमा रोकिएका सवारी साधनको लाम बढेको छ ।…