दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु, १६ घाइते

महोत्तरीको बर्दिवास नगरपालिका–५ स्थित गढन्ता पुलनजिकै दर्शनार्थी बोकेको पिकअप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने १६ घाइते भएका छन् । मृत्यु हुनेमा धनुषाको धनुषाधाम नगरपालिका–२ बस्ने ८० वर्षीया सकुन्तलादेवी साह र भारतको बिहार राज्यको सिताही बस्ने ६५ वर्षीया वर्तनियादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । अठार दर्शनार्थी…