करेन्ट लागेर किशोरीको मृत्यु

बाजुराको उत्तरी भेगको जगन्नाथ गाउँपालिका–४ वडाको थारीकाँडामा आइतबार बिहान करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका गोवर्धन खत्रीकी १४ वर्षीया छोरी सिर्जना रहेको बाजुरा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुङले जानकारी दिए । बुबासँगै मिलमा गएकी सिर्जनाले ओढेको पछौरा चलिरहेको मिलले तान्दा उनी लडेर तारमा छोएकीले करेन्ट…