दिवंगत अधिकारीको पार्थिव शरीरमा राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

राष्ट्रपति विद्यादेवी भण्डारी आज टुँडिखेल आउनु भई हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिन् । सोही अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि मन्त्री अधिकारीसहित सातैजनालाई श्रद्धाञ्जली अर्पण गरेका थिए । मन्त्री अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलीका लागि उहाँहरुको शव आज बिहान टुँडिखेलमा राखिएकोे छ ।