म्यासेडोनियाको नाम उत्तरी म्यासेडोनिया राख्ने पक्षमा ९१ प्रतिशत मतदाता

म्यासेडोनियाका मतदाताले ग्रिससँग दशकौँदेखि रहेको विवाद सुल्झाउँदै आफ्नो मुलुकको नाम परिवर्तन गर्ने पक्षमा मतदान गरेका छन् । आइतबारको जनमतसंग्र्रहमा न्यून मतदान भए पनि बहुसंख्यक मतदाताले अलग्गै नाम राख्ने प्रस्तावमाथि मतदान गरेका थिए । यो मतदानसँगै म्यासेडोनियालाई नेटो र युरोपेली युनियनको सदस्यता प्राप्त गर्ने बाटो खुलेको छ । निर्वाचन आयोगका अनुसार मुलुकका ९३ प्रतिशत मतदानस्थलको मतगणना…