एनआरएनए यूकेको पाँचौँ काउन्सिल बैठक सम्पन्न

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको पाँचौँ राष्ट्रिय परिषदको बैठक सम्पन्न भएको छ । यही सेप्टेम्बर २९ का दिन अल्डरसट, बेलायतमा बसेको बैठकमा बेलायतस्थित १०० संघसंस्थाका प्रतिनिधिहरु, गैरआवासीय नेपाली संघका अन्तर्राष्ट्रिय समन्वय समिति र राष्ट्रिय समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो भने बैठकले विभिन्न विषयमा छलफल गरी ११बुँदे घोषणापत्र जारी गरेको छ ।…