खानेपानीमन्त्री बिना मगर भारत प्रस्थान

खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छिन् । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चारदिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गरेकी हुन् । सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनीलकुमार दास पनि सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको…