ट्याङ्करको ठक्करबाट दुईको मृत्यु

पूर्वी चितवनको भुरझुरेमा बिहीबार राति ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार मृत्यु हुनेमा मकवानपुर छत्तिवनका ३४ वर्षीय सुकमान स्याङ्तान र बारा जितपुर–१६ का २९ वर्षीय प्रेमबहादुर मोक्तान रहेका छन् । चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको ना३ख ८५३९ नं को ट्याङ्करले सोही दिशातर्फ जाँदै गरेको ग५प ६२६० नं को मोटरसाइकललाई…