ब्याडमिन्टनमा सुजन र सुनिलको जोडीलाई उपाधि

ललितपुर जिल्ला खेलकुद विकास समितिका सुजन खतिवडा तथा सुनिल योञ्जनको जोडी राष्ट्रिय खेलकुद परिषद्को ५५औँ वार्षिकोत्सव खेलकुद दिवसको अवसरमा आयोजित ब्याडमिन्टन पुरुष युगलको उपाधि जित्न सफल भएको छ । खतिवडा र योञ्जनको जोडीले राष्ट्रिय खेलकुद परिषद् खेलकुद विज्ञान प्रतिष्ठानका तुलसीनारायण महर्जन र विकासविक्रम शाहको जोडीलाई २१–१९, २१–११ ले पराजित गर्दै जित हात पारेको हो ।…