स्रोत–व्यक्तिको मिलेमतोमा शिक्षा सिकाई सहयोगमा भ्रष्टाचार

धादिङको बेनिघाट रोराङ गाउँपालिकामा शैक्षिक अनुदानको रकममा भ्रष्टाचार भएको छ । शिक्षा सिकाई सहयोग शीर्षकमा जिल्लाबाट प्राप्त अनुदान रकम स्रोत–व्यक्तिकै मिलेमतोमा गाउँपालिकाका प्रशासकीय अधिकृतलगायतका केही कर्मचारी मिलेर रकम हिनामिना गरेका हुन् । नवनियुक्त स्रोत व्यक्ति रामेश्वर पोखरेलको उक्साहटमा गाउँपालिकाका कर्मचारीहरूले अधिकार नै नभएका प्रशासकीय अधिकृत हर्कबहादुर थापालाई हस्ताक्षर गर्न लगाई शिक्षा नियमावलीविपरीत शिक्षकको विज्ञापन प्रकाशित…