शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसीसँग छलफल गर्ने

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ का सम्बन्धमा डा. गोविन्द केसीसँग छलफल गर्ने भएको छ । समितिको आजको बैठकले विधेयकबारे आगामी बैठकमा माथेमा आयोगका पदाधिकारी, डा. केसी, नेपाल चिकित्सक परिषद्का पदाधिकारीलगायत सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य मानबहादुर विश्वकर्माले बताए । यसअघि विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ…