सिफारिस लेख्दैमा ठिक्क छ वडाध्यक्षहरुलाई

जिल्लाको माथागढी गाउँपालिका–५, गोठादीका वडाध्यक्ष रनबहादुर खाम्चालाई वडाध्यक्षको जिम्मेवारी पाएपछि उहाँ सरकारी कर्मचारी जस्तै दिनहुँ व्यस्त छन् । वडा कार्यालयमा बसेर सिफारिस लेख्ने कामकाजमा दिन बितेको पत्तो नभएको खाम्चा बताउनुहुन्छ । बिहान १० बजे कार्यालयमा पुगेपछि सिफारिस लेख्ने कार्यमा उनलाई भ्याइनभ्याइ हुन्छ । ‘कर्मचारीभन्दा अघि नै कार्यालयमा पुगेको हुन्छ, अहिले सिफारिस लेख्ने काममा व्यस्त छु,…