तीन सन्तानले बालविवाह गरेर हिँडेपछि सुनार परिवारमा निराशा

साबिकको धबाङ–१, रोल्पाका ५० वर्षीय साकुरे सुनार वर्षाैंदेखि आरनमा काम गर्नुहुन्छ । खुकुरी बेचेर दैनिकी चलाउँदै आएका सुनार केही दिनदेखि बिरामी पर्नुभएको छ । टाउको दुःख्ने, छाती दुःख्ने, ज्वरो आउने, श्वास बढ्ने समस्या बढेपछि उहाँलाई पेशा सम्हाल्नै हम्मे हम्मे परेको छ । गाउँकै स्वास्थ्य संस्थामा उपचार गर्दा उहाँको स्वास्थ्यमा सुधार आएको छैन । चिकित्सकले क्षयरोग…