मन्त्रिपरिषद् बैठकको निर्णय : १७ मन्त्रालय कायम

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले १७ वटा मन्त्रालय कायम रहने गरी निर्णय गरेको छ । यसअघि ३० वटा मन्त्रालय रहेकोमा ओली सरकारले यसलाई घटाएर १७ वटामा कायम गर्ने निर्णय गरेको हो । वातावरणमन्त्री लालबाबु पण्डितका अनुसार बैठकले ३० मन्त्रालयमध्ये घटाएर १७ वटामा झारेका हौं । ‘केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित १८ वटा मन्त्रालय रहनेछन् ।’…