भारतीय ट्रक दुर्घटना, एकको मृत्यु

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुको पहिचान खुलेको छैन । घाइतेलाई उपचारका लागि भरतपुर ल्याइँदै गरेको चितवन प्रहरीले जनाएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित घुमाउनेमा आज बिहान ३ः५० बजेको समयमा सो दुर्घटना भएको हो । सुनौलीबाट काठमाडौँ जाँदै गरेको…