वाम एकता तयारीसँगै प्रगतिशील लेखकमा ध्रुवीकरण

वाम एकताको तयारीसँगै प्रगतिशील लेखक–साहित्यकारबीच समाजवादको लक्ष्य र गन्तव्यका विषयमा मतान्तर देखिएको छ । मुलुकका सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान प्राप्तिपछिको निर्वाचनमा बहुमत हासिल गरेका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेका बेला तिनै घटकनिकट लेखक–साहित्यकारले पूँजीवादी क्रान्ति सम्पन्न भइसकेको मान्ने कि नमान्ने प्रश्नमा बहस भएको हो ।…