भवन निर्माणमा सहयोगको अपिल

नेपाल पत्रकार महासंघ, दोलखा शाखाको भवन निर्माण अघि बढाइने भएको छ । सदरमुकाम चरिकोटमा दोलखाका सरोकारवालाको पहँुच र प्रभाव पुग्ने गरी सुविधा सम्पन्न भवन निर्माण गर्न विभिन्न निकायसँग महासंघ दोलखा शाखाले अपिल गरेको छ । २०६९ सालमा नेपाल पत्रकार महासंघका तत्कालीन अध्यक्ष शिव गाउँलेले भवन शिलान्याश गरेपनि भवन निर्माण कार्य अघि बढ्न सकेको थिएन ।…