बिनादर्ता सञ्चालित ल्याबमा शिलबन्दी

जिल्ला जनस्वास्थ्य कार्यालय, मोरङले बिनादर्ता सञ्चालित दुईवटा ल्याबमा शिलबन्दी गरेको छ । विराटनगर–९ अस्पताल चोकमा बिनादर्ता सञ्चालनमा आएको न्यू नेशनल डाइनेष्टिक ल्याब र रङ्गेली रोडमा रहेको श्री कालिका ल्याब क्लिनिकलाई अनुगमन टोलीले सोमबार साँझ शिलबन्दी गरेको जनस्वास्थ्यका शाखा अधिकृत हरि खत्रीले जानकारी दिनुभयो । “जनस्वास्थ्यबाट स्वीकृति नलिई कालिका ल्याबले रङ्गेली रोडको भित्री गल्लीमा सानो घरमा…