जनप्रतिनिधिले नै लगाए कार्यालयमा ताला

परासी । नवलपरासीको कावासोती नगरपालिकामा जनप्रतिनिधिले नै अनिश्चितकालीन तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् । आर्थिक वर्ष २०७४/७५ को नीति तथा कार्यक्रम एकलौटीरुपमा ल्याइएको आरोप लगाउँदै नौवटा वडाध्यक्षले संयुक्तरुपमा चार दिनदेखि कार्र्यालयमा तालाबन्दी गरेका कारण कामकाज प्रभावित हुन पुगेको हो । विशेषगरी तालाबन्दीका कारण कार्यकारी अधिकृत शाखा र लेखा शाखाबाट हुने सबै काम प्रभावित बनेका छन्…