अर्घाभगवती विमानस्थलको काम अघि बढ्दै

अर्घाखाँचीको अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेको छ । विभाग र प्रालिबीच यही मंसिर १८ गते सोसम्बन्धी सम्झौता भई विमानस्थल निर्माणको काम अघि बढ्न लागेको…