झापाको काँकडभिट्टा उच्च मावि परिसरमा रहेको क्यान्टिनमा सिलिण्डर ग्यास पड्केर आगलागी हुँदा १२ लाखभन्दा बढीको मालसमानको क्षति भएको प्रहरीले जनाएको छ । मेचीनगर–६ का नारायण विष्टले सञ्चालन गरेको क्यान्टिनमा आज बिहान ५ बजे रेगुलेटरबाट ग्यास चुहिएर आगलागी भएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टंक भट्टराईले बताए । आगलागीबाट कुनै मानवीय क्षति नभए पनि टिनको…