अचाक्ली महँगियो तरकारी, अनुगमन गर्ने निकाय मौन !

तरकारीको भाउ अचाक्ली महँगिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार करिब दुई सातायता हरियो तरकारी भाउ थोक मूल्यमै २ सय २७ प्रतिशतले बढेको हो । समितिको तथ्यांकअनुसार भिन्डी, परवल, धनियाँ, प्याज, लौका, घिरौंला, बन्दा, गोलभेडा, आलु, भटमास, काउली, फर्सीलगायत तरकारीको मूल्य अकासिएको छ । दुई साताअघि किलोको २२ रुपैयाँ (थोक मूल्य)…