फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट प्रहरीले पाँच वर्षपछि फरार अभियुक्तलाई पक्राउ गरेको छ । २०६९ असार २० गते भक्तपुर जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा दुई वर्ष कैद सजाय सुनाएका मेलम्ची नगरपालिका–१२ पिपलचौरका ३४ वर्षीय तीर्थबहादुर माझी कैद भुक्तानी नगरी फरार भएका थिए । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले लुकिछिपी बसिरहेको अवस्थामा माझीलाई…