खानेपानीको मुहान भत्किएपछि पानीको हाहाकार

अविरल वर्षाका कारण पाँचथरको  फालेलुङ र हिलिहाङ गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोले पानीको मुहान र ट्यांकी बगाउँदा अहिले त्यस ठाउँमा खानेपानीको हाहाकार भएको छ । पहिरोले हिलिहाङ गाउँपालिका–३, ४, ५, ६ का अधिकांश खानेपानीका मुहान बगाएपछि अहिले खानेपानीको अभाव देखिएको हो । स्थानीयवासी बालकृष्ण ओझाका अनुसार मुक्तुरा, खाङ्ग्रे खोल्सी, हस्तपुर, डुडेखोला, साम्रेखोल्सी, टुवाखोल्सी, देवीथान, महभिर,…