रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेको भनिएका एक बालक आफ्नै घरमा फेला परेका छन् । अपरिचित समूहले मंगलबार दिउँसो सैनामैना नगरपालिकाको सालझुण्डीबाट १४ वर्षीय विवेक कार्कीलाई अपहरण गरेको खबर प्रहरीसमक्ष पुगेको थियो । कार्की बुटवलको उपमहानगरपालिका निवासी हुन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी बेलबहादुर पाण्डेका अनुसार आमासँग हिँडिरहेको बेला अपरिचित समूहले विवेकलाई सेतो कारमा हालेर अज्ञात…