स्थानीय तहको निर्वाचन मिति घोषणासँगै एकाएक चर्चामा आएकी युवती हुन्– रञ्जु दर्शना । देशकै महत्वपूर्ण र ठूलो काठमाडौं महानगरपालिकाको मेयरमा लड्ने २१ वर्षीया रञ्जुको हिम्मतको तारिफ नगर्ने सायदै होलान् । विवेकशील नेपाली दलबाट उम्मेदवार बनेर चुनाव लडेकी दर्शनाले तेस्रो स्थानमा रहँदै सम्मानजनक मत पनि ल्याएकी छिन् । यो उनका लागि ठूलो सफलता नै हो ।…