गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्कालाई बर्खास्त गरिएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई मन्त्रीबाट हटाएका हुन् । खड्काको जिम्मेवारी आफूसँग राखेर मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेको निर्णय प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई पठाएका छन् । खड्काले आसन्न निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ । दुई साताअघि पनि…