शेखर ढुङ्गेलको नयाँ कृति ‘जात’को लोकार्पण

विभिन्न विधामा दर्जन बढी पुस्तक कृतिका साथै सयौँ फुटकर लेख-रचनामार्फत नेपाली साहित्य फाँटमा गर्विलो स्थान बनाउनुभएका शेखर ढुङ्गेलको नयाँ कृति ‘जात’ (कथा सङ्ग्रह) प्रकाशित भएको छ । स्रष्टा ढुङ्गेलको कथा-कृति ‘जात’को आइतबार राजधानी काठमाडौंमा एक भव्य कार्यक्रमबीच लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार सङ्घको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित…