गायक सागरले नयाँ स्वरूपमा ल्याए ‘न मैले लेखेँ, न उनले लेखिन्’

गायक हिमाल सगरले ‘न मैले लेखेँ, न उनले लेखिन्’ गीतलाई एक्काइस वर्षपछि नयाँ स्वरूपमा ल्याएका छन् । काठमाडौं जमलस्थित विश्वज्योति सिनेप्लेक्समा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले गीतको श्रव्यदृश्य सार्वजनिक गर्दै गीतको अडियोसँगै श्रव्यदृश्यलाई आधुनिक शैलीमा तयार गरिएको जानकारी दिए । 'नयाँ स्वरूपमा पनि उही मिठास कायम गरेका छौँ । प्राविधिक रुपमा श्रव्यदृश्यलाई बलियो बनाइएको छ…